Logo

मुख्य समाचार

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : १६ बजे