Logo

कला/साहित्य

पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान



मुम्बई । बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे ।

सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको देवरको भूमिका निर्वाह गरेका थिए । जब निर्देशकले यो फिल्म बनाउने योजना बनाए, त्यो बेला रेखाको देवरका रुपमा कुनै नयाँ अनुहारलाई लिन चाहन्थे ।

उनले अडिसन राख्दा पहिलो दिन कोही आएनन् । अडिसनमा कोही नआएपछि उनले जो पहिलो कलाकार अडिसन दिन आउँछ, उसैलाई त्यो भूमिका दिने निर्णय लिए । यो पहिलो कलाकार सलमान नै थिए ।

सलमान पहिलो फिल्मको अभिनयबाट खुशी थिएनन् । त्यहीकारण उनी फिल्म फ्लप बनाउन चाहन्थे । उनमा आफूले राम्रो काम गर्न नसकेको डर थियो । त्यही डरका कारण उनले निर्देशकले भने अनुसार काम गर्न सकेका थिएनन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ४० बजे