Logo

मुख्य समाचार

आज यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ३४ बजे