Logo

मुख्य समाचार

आजको मौसम : पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


२८ आश्विन २०७९, शुक्रबार  

437
Shares

काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ का एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : २८ बजे