रूपन्देही । रुपन्देही २ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाइ स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रबृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि आयाेगले सूचना ढिलाइ गरेकाे भन्दै आलाेचना भएकाे थियाे ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, स्वतन्त्र उम्मेदवार भन्दै आएका डाक्टर निकाेलस भुसाल र हेमराज बस्याल तीनै जनाकाे उम्मेदवारी खारेज भएकाे आयाेगले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।
प्रतिक्रिया