Logo

मुख्य समाचार

गुडिरहेको बसमा आगलागी



खोटाङ । काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ ।काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् ।

दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । गुड्दागुड्दै बसमा आगो बल्न सुरु भएपछि यात्रुको भागाभाग भएको थियो । दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको भन्दै घटनास्थलमा यात्रुको रुवाबासी छ । घट्नास्थलमा प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोली पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : २६ बजे