Logo

मुख्य समाचार

आजको मौसम: चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ६ : ५७ बजे