Logo

Breaking News 1

रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने



काठमाडौं । विवेकशील साझा पार्टी छोडेर रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद पाउने भएपछि पार्टी प्रवेश गर्न लागेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्रसहित केही नेताहरू राप्रपामा प्रवेश गराउन भोलीको कार्यक्रम राखिएको छ । ‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।’

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए। उनले पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५६ बजे