Logo

मुख्य समाचार

मैले जति कर्णाली अरूले बुझेका छैनन् मुख्यमन्त्री शाही



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा(आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए । उनले भने( सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ , को आउँछ अनि को जान्छ थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ०४ बजे