Logo

मुख्य समाचार

प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना



काठमाडौं । आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ४८ बजे