Logo

मुख्य समाचार

चोलेन्द्रलाई आफ्नो बयानमा हस्ताक्षर गराइँदै


३१ भाद्र २०७९, शुक्रबार  

299
Shares

काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरुबीच मतभिन्नता भएको छ । बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो ।

महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ । यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने बयानको प्रतिवेदनमा राणालाई हस्ताक्षर गरेर थप प्रश्न नगरी अगाडि बढाउन आग्रह गरेका छन् । आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।

बैठकमा यसअघि उनले गरेको बयानको सम्पूर्ण विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम सुरु भएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ०४ बजे