Logo

मुख्य समाचार

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दै



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटेपछि लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

चार दिने भ्रमणका लागि नेपाल आएको ली नेतृत्वको चिनियाँ टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : १७ बजे