Logo

समाचार

अवैध उत्खननमा प्रयोग भएका ट्रयाक्टर नियन्त्रणमा



काठमाडौं । अवैध उत्खननमा प्रयोग भएका ४ ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार मोरङको लेटाङ नगरपालिका वडा नं.–३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ति ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश नं. २–०३–०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ५७ बजे