Logo

मुख्य समाचार

तीन जना मृत अवस्थामा फेला



काठमाडौं । बैतडी, झापा र कास्की गरी तीन जना मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको पुरचौडी नगरपालिका–६ भूमिराज घर भएका पदम साउदकी ७ वर्षीया छोरी रेश्मी साउद मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

पुरचौडी नगरपालिका–५ कुवाकोटस्थित मावली घरमा बस्दै आएकी उनी सोही ठाउँस्थित धौलपहिरा खोलामा नुहाउने क्रममा बेपता भएकी थिइन् । खोजी गर्ने क्रममा खोलाबाट करिब ६ किलोमिटर तल उनको शव फेला परेको हो ।

झापाको मेचीनगर नगरपालिका–१ जिमी गाउँ बस्ने ५० वर्षीय भिम बहादुर तामाङ सोही ठाउँस्थित तिरिङखोलाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१७ महत गौडा स्थित फुस्रे खोलाको बीच भागमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : ३५ बजे