Logo

खेलकुद

नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदै



काठमाडौं । करिव दुई वर्ष ढिला गरि नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश गरिएको छैन ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ११ बजे