Logo

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी दर्ता



काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।

प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो ।

बोहोरा हुँदै यो सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो । ‘बलात्कार जस्तो घटनामा प्रहरी संवेदनशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ५० बजे