Logo

Breaking News 1

आज पनि महाअभियोग सिफारिस समितिले जबरासँग बयान लिने



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये पाँच प्रश्न सोधिएको थियो । बाँकी प्रश्नको उनले क्रमश सामना गर्दै जानेछन् ।

हिजोको बयानमा जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गरेका थिए । विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उनको दाबी थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ४६ बजे