Logo

Breaking News 1

ओलीसँग रवीन्द्र मिश्रको भेट: ओलीले दिए चुच्चे नक्सा अंकित सिक्का उपहार !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता भएको छ ।

भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।

मिश्रका अनुसार उनीहरूबीच आइतबार साँझ ६ बजेपछि ओली निवास बालकोटमा साढे दुई घण्टा छलफल भएको थियो ।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ मिश्रले लेखेका छन् ।

भेटको अन्त्यमा ओलीले नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् । ओलीसँगको खिचाएको तस्वीर र चुच्चे नक्सा अंकित सिक्काको तस्वीर सामाजिक सन्जाल फेसबुकमा मिश्रले पोष्ट गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : १७ बजे