Logo

मुख्य समाचार

एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ



काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको छ ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

निर्वाचनबारे थप रणनीति तय गर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : १४ बजे