Logo

मुख्य समाचार

निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान


१० भाद्र २०७९, शुक्रबार  

0
Shares

काठमाण्डौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध उजुरी आह्वान गरेको छ ।

राणाविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए ३ दिनभित्र उपलब्ध गराउन
समितिले गोरखापत्रमा सूचना निकालेको हो । भएका प्रमाण ३ दिनभित्र समितिमा पुग्नेगरी पठाउन समितिले अनुरोध गरेको छ ।

‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको समितिले जानकारी माग गरेको हो । समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा भदौ ८ गते बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ४५ बजे