Logo

मुख्य समाचार

कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला



धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका कार्यकर्ताले शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ०५ बजे