Logo

Breaking News 1

यस्ता छन आजको प्रतिनिधि सभा बैठकका सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको छ । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्ने छन्, ‘प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याताका रुपमा परिचित समाजवादी चिन्तक प्रदिप गिरीको ७५ वर्षको उमेरमा मिति २०७९ साल भदौ ४ गते शनिबार राती ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।’

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ३६ बजे