Logo

मुख्य समाचार

रामेछापमा बाढीले पाँच घर बगायो



रामेछाप । अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ । अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : २९ बजे