Logo

मुख्य समाचार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल भइरहेको हो ।

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् ।

गत २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो । तर, कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन सकेन ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ३५ बजे