Logo

मुख्य समाचार

माओवादी स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : १७ बजे