Logo

मुख्य समाचार

वामदेव गौतम पनि माओवादीको चुनाव चिन्हबाट लड्ने


३१ श्रावण २०७९, मंगलबार  

115
Shares

काठमाडौं । वामदेव गौतमले पनि नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गौतमको नेकपा एकता अभियान र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई आफ्नो चुनाव चिन्हबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले वामदेव र बाबुरामका शर्तहरु पनि रहेको भन्दै त्यसका विषयमा पनि पार्टीमा छलफल हुने बताए ।

अर्को बैठक भोलिका लागि पुन: बोलाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०९ बजे