Logo

Breaking News 1

‘सबै साथिहरुलाई मिलाएर लैजान्छु, कसैलाई अन्याय हुन दिन्न’: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनका लागि सबैलाई मिलाएर लैजान आफू दृढ रहेको बताएका छन् ।

कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले सबैलाई मिलाएर लैजानेमा आफू प्रयासरत रहेको बताएका हुन् ।

‘अहिले हामी गठबन्धनमा छौँ । यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न, देउवाले भने ।’

उनले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सफलता पाएको भन्दै देउवाले फेरि पनि गठबन्धनबाट सफलता हासिल गर्नुपर्ने बताए ।

बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो कुरा भएको उनले बताए । देउवाले सबैलाई मिलाएर लैजानुपर्ने भएकाले जितिहाल्छौँ टिकट चाहियो नभन्नसमेत नेताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : २७ बजे