Logo

Breaking News 1

माओवादी अध्यक्ष प्रचण्ड र बाबुरामबीच ‘वान टु वान’ वार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि भट्टराई आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुई नेताबीच भएको ‘वान टु वान’ वार्तामा भट्टराईको पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउने छलफल भएको बताइएको छ ।

यस्तै, आगामी निर्वाचनमा एकै चुनाव चिन्ह र साझा घोषणापत्रबाट निर्वाचनमा जाने विषयमा दुई नेताबीच सहमति जुटेको नेताहरुले बताएका छन् ।

प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि (सोमबार) सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ३७ बजे