Logo

मुख्य समाचार

‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ’: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा करका दर हेरफेरमा व्यापारीको सेटिङ रहेको दोहोर्याएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले सेटिङमा बजेट निर्माण भएको बताएका हुन् । उनले यो कुराले आफूलाई पोल्ने गरेको पनि जिकीर गरे । ‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ, उनले भने ।’

ओलीले नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने दाबी गरे ।

ओलीले भने, ‘हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : १३ बजे