Logo

अर्थ

आइतबार ५ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ०५ बजे