Logo

मुख्य समाचार

आज देशका यी भू-भागमा वर्षाको सम्भावना



काठमाडौं । देशभर आज पनि मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश, प्रदेश-१, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ३१ बजे