काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्ष असन्तुष्ट बनेको हो ।
सभापति देउवाले एकलौटी निर्णय गरिरहेको भन्दै नेता शेखर कोइराला समूहले आज आफू पक्षीय बैठक बोलाएका छन् ।
देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै कोइराला समूहले आज शनिबार दिउँसो बैठक बोलाएको हो ।
बैठकमा देउवाविरुद्धको रणनीति तय हुने बताइएको छ । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन ।
देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने कोइराला समूहको तयारी छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गरेकोमा कुनैमा पनि कोइराला पक्षलाई समेटिएको छैन ।
प्रतिक्रिया