Logo

Breaking News 1

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ०७ बजे