Logo

मुख्य समाचार

अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश


२७ श्रावण २०७९, शुक्रबार  

230
Shares

काठमाडौं । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई गृहमन्त्री खाँडले नेपाल तरुण दलको सदस्यता प्रदान गरेका हुन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

अभिनेता शाहीले दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । अरु पार्टी भन्दा कांग्रेस ठिक लागेकाले कांग्रेसमा प्रवेश गरेको शाहीले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ३८ बजे