Logo

मुख्य समाचार

प्रचण्ड आज जापान जाँदै


२० श्रावण २०७९, शुक्रबार  

184
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान प्रस्थान गर्दैछन् ।

पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।

‘आज राति १० बजे प्रचण्ड ज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ५६ बजे