Logo

मुख्य समाचार

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमतबीच पार्टी एकता हुँदै


२० श्रावण २०७९, शुक्रबार  

322
Shares

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता हुने भएको छ ।

वैद्य र बास्तोलाबीचको छलफलमा पार्टी एकता गर्ने सहमति भएको हो । पार्टी एकताका लागि दुई पार्टीबाट ६/६ जनाको समिति गठन गरिएको छ ।

सदस्यहरुमा क्रान्तिकारी मा‌ओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।

समितिले आफ्नो काम सकेपछि पार्टी एकताको मिति छिट्टै सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ४९ बजे