Logo

Breaking News 1

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला


१६ श्रावण २०७९, सोमबार  

49.2k
Shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।

तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत फेला पर्नेमा श्रीमान्-श्रीमती र दुई छोराछोरी भएको जनाइएको छ । उनीहरुको परिचय प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । उनीहरु आफ्नै घरमा मृत फेला परेका हुन् ।

सोमबार बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेर भित्र हेर्दा चारै जना मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ३५ बजे