काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् ।
नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।
निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।
यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो ।
प्रतिक्रिया