Logo

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक सुरु



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा बैठक सुरु भएको हो । अहिले सांसदहरुले आ आफ्ना धारणा राखिरहेका छन् ।

यस्तै आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : ५५ बजे