Logo

मुख्य समाचार

बयानमा पूर्वअर्थमन्त्री शर्माले भने-‘सीसीटिभी फुटेजबारे मन्त्रीलाई जानकारी हुँदैन’



काठमाडौं । संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्माको बयान लिएको छ ।

सिंहदरबारमा समितिले शर्माको बयान लिएको हो । शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेको छ।

समितिले शर्मालाई आजका लागि बयानका लागि बोलाएको थियो । बयानका क्रममा शर्माले सीसीटिभीको क्षमताबारेमा मन्त्रीलाई केही पनि जानकारी नहुने दोहोर्याएका छन् ।

यसअघि राजीनामा दिने क्रममा पनि शर्माले सिसीटिभी फुटेजबारेमा मन्त्रीलाई जानकारी नहुने जिकीर गरेका थिए ।

‘सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन । को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन ।’ शर्माले बयानका क्रममा भनेका छन् ।

बयान ३ घण्टा चलेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ४० बजे