Logo

मुख्य समाचार

दुबई भाग्न खोज्दा विमानस्थलबाटै फर्काइए श्रीलंकाका पूर्वअर्थमन्त्री



काठमाडौं । श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् ।

विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए ।

राष्ट्रपति गोटाबाय राजापाक्षेका भाइृ बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि मानिसहरूले विरोध गरेका थिए ।

बसिल मंगलबार बिहान सबा १२ बजे चेक-इन काउन्टरमा पुगेका थिए । उनी सबा ३ बजेसम्म त्यही थिए । अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए ।

श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ३८ बजे