Logo

मुख्य समाचार

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ ।

अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । भट्टराई र अध्यक्ष यादवबीचको विवाद उत्कर्षमा पुगेपछि दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

यादव पक्षले भट्टराईले बोलाएको बैठक अवैधानिक भएको बताएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : २१ बजे