Logo

मनोरञ्जन

युट्युबको ट्रेडिङ नम्बर एकमा भागीरथ चलाउनेको ‘झमझम झुम्काना’



काठमाडौं । चर्चित गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबको ट्रेडिङ नम्बर एकमा आएको छ ।

उक्त तीज गीतले दर्शकको मन जितेर युट्युबको ट्रेडिङ नम्बर एकमा आएको हो । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ ।

गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् भने बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन्। गीतको लय गायक चलाउनेकै रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा गायक चलाउने र चर्चित मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ । म्युजिक भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ । गीत भागीरथ चलाउनेको युट्युब च्यानलबाटै सार्वजनिक गरिएको हो ।

यसअघि गायक भागीरथ चलाउनेले कसलाई सोध्नी होला, जाउँला बरिलै, फलाम पिटे तरवार, नरिसाउन कान्छु, थोपडाले धोका दियो बरिलै, कहिले बोल्छ देशलगायत थुप्रै चर्चित गीतहरु दिइसकेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ४९ बजे