Logo

Breaking News 1

नेपाल–भारत सिमानामा अनिवार्य आवस्यक तारबार र राहदानी प्रणाली

नेपालको इतिहासमा हालका सेना प्रमुखको प्रशंसनीय कार्य



काठमाडौं । नेपाल–भारत सिमानामा तारबार लगाउने बारेमा वहस भएको धेरै भएको छ । खासगरि, नेपालको सुरक्षा र सामाजिक वातावरण बिग्रनुमा भारतसंगको खुल्ला सिमाना मुख्य कारक देखिएको हो ।

भारतसंग नेपालको खुल्ला सिमाना भएकोले भारत तर्फका अनेक प्रकारका आपराधिक गतिविधि नेपाल भित्रिएका छन् । नेपालका लागि यो निकै टाउको दुखाईको बिषय भएको छ ।

यस बिषयमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पहिलो पटक मुख खोलेका छन् । यदि यो बिषयले मुर्तरुप पायो भने उनको यो कार्य नेपालको इतिहासमा निकै प्रशंसनीय सावित हुनेछ । नेपालका सारा जनता भारतसंगको खुल्ला सिमानाले वाक्क भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा पत्रकार पर्शुराम काफ्लेको रिपोर्टिङ अनुसार, सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । राजनीतिक नेतृत्वले वेलावेला नेपाल–भारत सीमामा काँडेतारको विषय उठाए पनि सुरक्षा नेतृत्वबाट भने विरलै यस्ता अभिव्यक्ति आउँछन् ।

बुधबारदेखि चलेको सेमिनारमा सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह, रक्षा र सिँचाइ मन्त्रालय, नापी विभागका अधिकारी सहभागी थिए । त्यस्तै, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता अपूर्व खतिवडालाई पनि सेनाले निम्त्याएको थियो । सेमिनारमा एउटा बिषय जोडले उठेको छ । त्यो हो, ‘गुड फेन्सेस मेक गुड नेभर्स’ (गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ) । सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न यो आवश्यक छ ।
प्रधानसेनापति शर्माले जमिन सिमानाको मात्रै नभएर अब आकाशको सिमाना सुरक्षाबारे पनि चर्चा गर्नुपर्ने बताएका थिए । ‘अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले आकासे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ,’ शर्माको भनाइ थियो । अन्य सुरक्षा निकायले नसकेको अवस्थामा भौगोलिक अखण्डताको रक्षा सेनाले गर्नुपर्ने संवैधानिक दायित्व रहेको पनि प्रधानसेनापतिले सम्झाएका थिए ।

सीमा सुरक्षाको विषयलाई सेनाले राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोडेर अध्ययन–अनुसन्धान गर्दै आएको पनि प्रधानसेनापति शर्माले बताए । ‘जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प छैन,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानसेनापति शर्माले भने, ‘सबै सम्बद्ध निकायबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य छ ।’

नेपालको अलग पहिचान सावित गर्न पनि राहदानी प्रणाली अनिवार्य

बिश्वका धेरै मुलुकका नागरिकले नेपाललाई भारतकै नजरले देख्दै आएका छन् । कतिपय बिश्वका नागरिकलाई नेपालको अलग पहिचानको जानकारी नै छैन । यतिसम्म छ कि सगरमाथा भएको र भगवान गौतम बुद्ध जन्मिएको देशको नाममा अझै कतिपय देशमा अन्योल कायम छ । यसको मुख्य कारण नेपाल–भारत खुल्ला सिमानाको असर हो । भारत गएपछि नेपाल सोझै जान पाइने भएकोले कतिपय तेस्रो मुलुकका नागरिकलाई नेपाल–भारत छुट्याउन हम्मेहम्मे पर्छ ।

हुन त बिश्वका धेरै देशहरुमा खुल्ला सिमाना छ । ति देशहरुको उदाहरण हेरौं । युरोपियन देशहरुबीच सन १९८५ मा एउटा सम्झौता भयो । त्यो हो, खुल्ला सिमाना । शुरुमा जर्मनी, फ्रान्स, बेल्जियम मुलुकबीच सम्झौता भयो । त्यसपछि क्रमश बढेर अहिले २९ वटा मुलुक यो सम्झौतामा जोडिएका छन् ।

सेन्जन भिसा प्राप्त व्यक्तिले यी सबै देशहरु घुम्न पाउने व्यबस्था छ । यसका केहि मुलभुत कारण छन् । ति हुन्, समान आर्थिक र सामाजिक अबस्था । करिब करिब उस्तै रहनसहन, आर्थिक हैसियत, विकास, संस्कृतिले यी युरोपियन देशहरु एकआपसबीच खुल्ला गरिएका हुन् । उता अमेरिका र क्यानाडाबीच पनि खुल्ला सिमाना छ । कारण हो दुबै देशको स्तरमा करिब–करिब समानता ।

तर, नेपाल र भारतबीच धर्मको बिषय बाहेक केहि पनि मिल्दैन । बरु नेपालको रहनसहन पुर्वी एसियन मुलुकहरुसंग मेल खान्छ । जस्तै, फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड आदि । सन १९०० को अन्तसम्म त नेपालको आउजाउ तत्कालिन वर्मा(म्यान्मार), थाइल्याण्डसंग घनिष्ट सम्बन्ध थियो ।

नेपाल भारतबीच रहनसहन, चालचलन, भेषभुषा, लवाइखुवाई केहि पनि मिल्दैन । मात्र एउटा धर्मको नाममा नेपाल र भारतलाई जर्वजस्त जोडिएको छ ।

राहदानी प्रणालीले नेपाललाई फाइदै फाइदा, दुबै देशलाई सुरक्षा

बिश्वमा भारत सबैभन्दा क्रुर र हिंसात्मक देश हो । धर्म र लैंगिक हिंसामा भारतलाई अहिलेसम्म बिश्वका कुनै देशले उछिन्न सकेको छैन । झन यो संगै जोडिएका बंगलादेश र पाकिस्तान त हिंसाका खानी भएका मुलुक हुन् ।

भारतमा दैनिक हजारौं महिला हिंसाबाट पीडित छन् । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार, भारतमा हरेक सेकेण्डमा कुनै न कुनै महिला हिंसा भइरहेका छन् । भारतको राजधानी दिल्ली, उत्तर प्रदेश, बिहार, झारखण्ड महिला हिंसाका केन्द्रविन्दु नै हुन् । राष्ट्रसंघले जारी गरेको एक प्रतिवेदन अनुसार, सन २०२० मा भारतमा ३ लाख ७१ हजार ५ सय ३ मध्ये २८ हजार ४७ जघन्य प्रकारका बलत्कारका घटनाबाट हत्या भएका थिए ।

अत्यधिक महिला हिंसामा बृद्धि भएपछि भारतका सडकहरुमा महिला र केटीहरु एक्लै विरलै हिड्डुल गर्छन् । यहाँका सार्बजनिक बस र रेलमा पनि महिला र केटीहरु निर्धक्कसंग यात्रा गर्न सक्दैनन् । भारतीय पुरुषहरुले अत्यधिक हिंसा गर्न थालेपछि भारतीय महिला र केटीहरुले सामाजिक संजाल लक गरेर मात्र चलाउँछन् । नेपाल जस्तो भारतीय केटीहरुले फेसबुक लगायतका संजाल खुल्ला रुपमा चलाउन सक्दैनन् । भारतमा टिकटक प्रतिबन्ध छ ।

नेपालसंग सिमाना जोडिएको उत्तर प्रदेश सबैभन्दा हिंसाग्रस्त समाज भएको क्षेत्र हो । यहाँ त्रेतायुगका भगवान रामको भुमि भएको अयोध्या क्षेत्र छ । यो क्षेत्रमा दैनिक यति क्रुर महिला हिंसा हुन्छ कि कसैले कल्पनै गर्न सक्दैन । सन २०१७ मा यहाँ सडकको बीचमा एक महिलालाई नांगै पारेर हत्या गरिएको थियो । बलत्कार त यो क्षेत्रमा दैनिक हुने गर्छन् । ठुला बजार क्षेत्र भएपनि यहाँका सडकमा महिला तथा केटीहरु खुल्ला रुपमा घुमफिर गर्दैनन् । यी क्षेत्रहरु पाकिस्तान र बंगालदेशका बस्ती जस्तै हिंसात्मक छन् ।

नेपालको तराई क्षेत्रको धेरै भुभाग भारतको उत्तर प्रदेशसंग जोडिएको छ । फलस्वरुप नेपालको त्यहाँका हिंसाका बिभिन्न रुपहरु नेपाल भित्रिएका छन् । भारतीय अपराधीहरुबाट सिकेर नेपालका केहि अपराधीहरु बलत्कार, हत्या, हिंसा जस्ता कार्यहरुमा संलग्न रहेका छन् । एसिड आक्रमण भारतबाट आयातीत हिंसाको रुप हो । नेपालका केहि अपराधीहरुले भारतका अपराधीबाट यस्ता गतिविधि सिकेर नेपाली समाज कुरुप हुन थालेको छ ।

भारतबाट आयातीत हिंसाले नेपालको पहिचान समाप्त हुन थालेको छ । यसलाई रोक्नको लागि खुल्ला सिमाना तुरुन्त बन्द गर्नुपर्छ । राहदानी प्रणाली लागु गर्नुपर्छ । यसका फाइदा अनेक छन् । दुबै देशका नागरिक आउजाउको रेकर्ड सरकारीस्तरमा हुने भएकोले सुरक्षा मजबुत हुनेछ ।

भिसा प्रणालीले हुनेछ ‘नेपाल पर्यटकीय हव’

प्राकृतिक रुपमा नेपाल अगाडि छ । नेपाल भारत खुल्ला सिमानाका कारण यहाँको प्राकृतिक स्रोतले खासै महत्व पाउन सकेको छैन । किनकी, भारत आएको पर्यटक सोझै नेपाल आउन सक्ने भएकोले नेपालको महत्व कमजोर बनेको हो । भिसा प्रणालीले भारतकै नागरिकका लागि समेत नेपाल महत्वपुर्ण देश बन्नेछ । अहिले सोझै नेपाल आउन सक्ने भएकोले भारतका नागरिकका लागि भारतकै हिमाञ्चल प्रदेश वा पश्चिम बंगालको कुनै बस्ती पुगे जस्तो सामान्य लागेको छ । भिसा प्रणालीले भारत आउने तेस्रो मुलुकका पर्यटकलाई पनि नेपालको महत्व बुझाउनेछ ।

नेपाल दक्षिण एशियाको मुलुक भएपनि भारत, बंंगलादेश र पाकिस्तान जस्तो बनाउन कदापी भुल गर्न हुँदैन । भारत, बंगलादेश, पाकिस्तान र अफगानिस्तान कुनै न कुनै प्रकारका हिंसाबाट जकडिएका अंध्यारा ब्ल्याक होल हुन् । यि मुलुकहरुमा भौतिक विकास त भएको छ, तर सामाजिक सुरक्षा र स्वतन्त्रतामा नारकीय अबस्थामा पुगेका छन् ।

भुटान र माल्दिभ्सबाट नेपालले धेरै सिक्न सक्छ । यदि भारतीयलाई खुल्ला आउजाउ गर्न दिएको भए अहिले माल्दिभ्सका टापुहरु र भुटानका जंगलहरुमा भारतीयहरु भरिएका हुन्थे । भारतीयहरु गर्मी छल्न भुटान पसिसकेका हुन्थे । तर, भारतीयहरुलाई भुटान जान त्यति कठिन छ जति अमेरिका जान ।

भारतीयहरुलाई कडाई गरेकै कारण आज दक्षिण एशियाका देश भएर पनि भुटान र माल्दिभ्स युरोपियन देशको तुलनामा पुगेका छन् । नजिकैको यो पाठ सिक्न पनि नेपालले तुरुन्त सिमानामा तारबार र राहदानी प्रणाली शुरु गर्नैपर्छ ।

भारतीय आउने क्रम बढ्दो, नेपालको सुरक्षा चिन्ता

अहिले काठमाडौंका सडकका चोकहरुमा यसो हेर्यो भने कुनै न कुनै भारतीय ठोक्किहाल्छ । सडकदेखि पार्कसम्म, पसलदेखि घरसम्म भारतीयहरु छ्याप्छ्याप्ती देखिन्छन् । यी कुनै पर्यटक होइनन् । यस्ले नेपाललाई दीर्घकालीन रुपमा ठुलो भड्खालोमा पार्ने निश्चित छ ।

काठमाडौंमा भारतीयहरु आउने कारण मध्ये यहाँकाे अनुकुल मौसम, सामाजिक सुरक्षा र स्वतन्त्रता नै हो । अधिकांश भारतीय भन्ने गर्छन्, ‘नेपाल युरोप जस्तै स्वतन्त्र र मनोरञ्जन देश हो ।’

उपत्यकामा भारतीयहरु संख्या बढेपछि पश्चिमा मुलुकहरुका पर्यटक यो नेपाल होकि भारत हो भन्नेमा द्धिविधामा देखिन्छन् । भारतीयहरुको संख्या काठमाडौंमा अत्यधिक बढेपछि विकसित मुलुकका पर्यटकलाई हैरानी पनि बनाएको छ ।

युट्युवमा True Budget Travelling नामबाट WORST TRAVEL FOOD VLOG ON YOUTUBE (Nepali Food) काठमाडौंको एउटा भिडियो अपलोड रहेछ । बेलायतका यी युट्युबर काठमाडौंमा जता हिंडेपनि भारतीय मात्र भेट्दा रहेछन् । यसैमा यिनको यो भिडियोमा एकजनाले कमेण्ट गरेको छ –

Street vendor = Indian
Costumer = Indian
Mediator = Englishman
Country = Nepal
World is really small

यसले पनि नेपालको सन्देश गलत रुपमा बाहिर गएको छ । यिनै युट्युबर स्वयम्भु घुम्न जाँदा बाटोभरि भारत र पाकिस्तानका व्यापारी सडकभरि देखेर अन्यौल व्यक्त गरेका छन् । यसरी नेपालमा भित्रिरहेका भारतीयहरुका कारण नेपालको आफ्नो मौलिकता समाप्त हुँदै गइरहेको छ ।

नेपाल भारत व्यापार सम्बन्ध छ । भारतीयबाट हामीले सामान किनेर ल्याउने हो । सित्तैमा होइन । नेपालका मानिसहरु पनि रोजगारको लागि भारतमा जान्छन् । राहदानी प्रक्रियाले भारतमा रोजगारका लागि जानेहरु सुरक्षित हुनेछन् । को कहाँबाट आयो गयो भन्ने दुबै देशमा रेकर्ड रहने भएकोले दुवै देशका नागरिकलागि यो निकै सुरक्षित प्रणाली हुनेछ ।

भारतीय आवागमनमा कडाई आवस्यक

नेपालमा भारतीयहरुको आवागमन नियन्त्रण किन आबस्यक छ ? यो बारेमा बुझ्नुपर्छ । क्षेत्रफलको हिसाबले भारत नेपाल भन्दा करिब ५८ गुना ठुलो छ । जनसंख्याको हिसाबले करिब ४७ गुनाले बढि छ । भारतको सानो हिस्सा मात्र नेपाल छ्रियो भने नेपालको नामोनिसान रहन्न ।

यस्तै खराब परिणाम भोगेको थियो सन २०१४ मा युक्रेनले । रुसले क्रिमिया आफ्नो भनेर दावि गरिरह्यो । युक्रेनले यो दावि स्वीकार्ने कुरै थिएन । रुसले एकतर्फी जनमत संग्रह गरिदियो । युक्रेनमा बसोबास गरेका रसियनले रुसको पक्षमा मतदान गरिदिए । ९२ प्रतिशत मत रुसको पक्षमा खसेर क्रिमिया रुसमा बिलय भयो ।

यो भयावह परिणामबाट नेपालले पाठ नसिक्ने हो भने केहि बर्षपछि हामीले युक्रेनको नियती भोग्न नपर्ला भन्न सकिन्न । किनकी, महात्मा गान्धी जस्तै कुनै भारतीय राष्ट्रबादी नेता भारतमा जन्मियो भने नेपालको अस्तित्व खतरामा छ । यो रोक्नका लागि पनि सिमानामा तारबार र राहदानी प्रणाली आबस्यक छ ।

सीमा नियमनले नेपालको तराई क्षेत्रभन्दा हिमाली क्षेत्र बलियो छ । आम्दानीका हिसाबले मुस्ताङ, मनाङ जस्ता क्षेत्रमा गरिबी शुन्य जस्तै छ । हिंसात्मक गतिविधि निकै कम छ । बलत्कार र जधन्य अपराध न्युन छन् । किनकी, चीनबाट बलत्कारका कुनै पनि रुपहरु नेपालमा भित्रिएका छैनन् । भारतमा दिनहुँ बलत्कारका समाचार आइरहन्छन् भने चीनबाट यस्ता क्रुर समाचार सुन्न पाइएको छैन ।

यसको मतलब हामी चीन पक्षधर होइनौं । तर, हामीलाई भारतीय सामाजिक परिवेशले हैरानी बनाएको यथार्थ हो । यो यथार्थलाई व्यवहारिक रुपमा बुझेर नेपालले सिमानामा तारबार गर्नैपर्छ । जहाँसम्म नेपालको तराई क्षेत्रमा भारतीय नागरिकहरुसंगको विवाह आदि सम्बन्ध छ, त्यसलाई यो राहदानी र सिमानामा तारबारले कुनै नकारात्मक असर पार्दैन । झन नेपाली नागरिकलाई यो प्रणालीले सुरक्षित र सार्वभौम मुलुकको नागरिकमा दर्याउनेछ ।

सिमानामा तारबार गर्न अब ढिलाई नगरौं । नेपालमा अबका स्वतन्त्र उम्मेदवारहरुले यो मुद्दा बनाऔं । नेपालको सरकारलाई खबरदारी गरौं । किनकी, यहाँका पुराना दलहरुले त अहिले पनि यो बिषय उठान गर्न सकेका छैनन् । बल्ल सेनापति प्रभुराम शर्माले यो वास्तविकतालाई सतहमा ल्याइदिए । प्रभुराम शर्माले एक राष्ट्रबादी नागरिकको आवाज बोलेका छन् । हामी चाहन्छौं, उनको यो माग नेपाल सरकारले सम्बोधन गरोस ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ४० बजे