काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने यवस्था खारेज गरेको छ । गृह मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार परीक्षणका रूपमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको हो ।
सरकारले देशभरका सबै सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ ।
त्यसैगरी, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ । शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया