Logo

मुख्य समाचार

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत



काठमाडौं । बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १२ : २६ बजे