Logo

Breaking News 1

बाजुराको बुढीगंगा नगरपालिकामा आज चुनाव



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो ।

३० वैशाखको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए ।

१० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगंगामा पुन: मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  ।

मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : १६ बजे