Logo

Breaking News 1

अर्थमन्त्रीमाथि छानविन हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।

एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लाग्न बाँकी छ ।
संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।

यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए । शर्माको चौतर्फी आलोचना भएको छ । उनको पार्टी माओवादी केन्द्रले भने शर्माको बचाउ गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : २३ बजे