Logo

खेलकुद

एसियन हाप्किडो च्याम्पियनसिपमा विजयाले जितिन स्वर्णपदक



काठमाडौं । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालको तर्फबाट विजयकुमारी वाइवाले स्वर्ण पदक जितेकी छिन् ।

हाप्किडो राष्ट्रिय खेलाडी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।

यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरे ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : ०० बजे