काठमाडौं । देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदली हुने भएको हो ।
विभागका अनुसार आइतबार दिउँसो देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने भए पनि बाँकी भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
विभागका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना








प्रतिक्रिया